
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो ।
शर्मालाई पक्राउ गरि नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले बताए ।
सहकारी ठगीका साथै २२ अर्ब भन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दामा २ वर्ष अघि कारागार चलान भएका थिए ।