बाबुराम भट्टराईद्वारा पदत्यागको प्रस्ताव, विशेष महाधिवेशनको तयारी

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागको प्रस्ताव पेस गरेका छन् । बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराइले पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् ।

बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । केन्द्रीय समिति भंग गरि वरिष्ठ उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ बताइएको छ ।

बैठकका निर्णयहरूबारे जानकारी दिन नेसपा नयाँ शक्तिले विहीबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।