वायु सेवा निगमका जेनजी कर्मचारीद्वारा अध्यक्ष अधिकारीको निलम्बन माग

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल वायु सेवा निगमका जेनजी कर्मचारीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्न माग गरेका छन् । जेनजी कर्मचारीले प्रधानमन्त्री सुशीला कार्कीलाई पत्राचार गर्दै अध्यक्षको राजीनामा र कारबाहीको माग गरेका हुन् ।

अधिकारीले प्रशासनिक अनियमितता र अधिकारको दुरुपयोग गरेको भन्दै जेनजी कर्मचारीहरुले तत्काल उनको बर्खास्त गर्न माग गरेका हुन् ।

नागरिक उड्डयन प्राधिकरणले असक्षम ठहर गरी पटक पटक निलम्वन तथा बर्खात भएका अध्यक्ष अधिकारीले गरेको निगम दोहनप्रति गम्भीर हुन माग गरेका छन् ।