माओवादी केन्द्रले समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले समाजवादी मोर्चासंग आवद्ध दलसंग एकता गर्ने भएको छ । बिहिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता गर्ने बताएका हुन ।

सो अवसरमा अध्यक्ष दाहालले समाजवादी दलसंग एकता प्रक्रिया अघि बढिरहेको जानकारी दिए। उनले संविधान र लोकतन्त्र रक्षा गर्नको लागि अन्य शक्तिसँग पनि सहकार्य गर्नु पर्ने औँल्याए ।

अध्यक्ष दाहालले पार्टीको विशेष महाधिवेशनभन्दा अगाडि नै एकता महाधिवेशन गर्नुपर्ने परिस्थिति आउने परिस्थिति आउनसक्ने बताए ।

बैठकमा केन्द्रीय कमिटी भङ्ग गर्ने प्रस्ताव अघि सार्दै उनले मंसिरमा विशेष महाधिवेशन घोषणा गरेका छन्। मोर्चामा नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेसपा आबद्ध छ। यी तीनै पार्टीसंग तत्काल एकता प्रकृया अघि बढाइने उनको भनाई छ ।