पहिरोमा अलपत्र यात्रुहरु ‘नाचगान’ गरी समय कटाउँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । मुग्लिन नारायणघाट सडकखण्ड अन्तर्गत तुईन खोला पूल नजिक मंगलबार ठुलो सुख्खा पहिरो खसेपछि तीनदेखि हजारौँ यात्रुहरु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहे पनि अझै कति समय लाग्ने भन्ने अन्यौल भइरहेका बेला यात्रुहरु सडकमै नाचगान गरेर समय कटाइरहेका छन् ।

बाटो खुल्ने अन्यौलताका बीचमा यात्रुहरु सडकमै गीत गाएर नाचगान गरिरहेका छन् । ठाउँ ठाउँमा गीत घन्किएको छ । कतै हिन्दि, कतै नेपाली, आफ्ना रोजाइ अनुसार गीत बजाएर यात्रुहरुले समय कटाइरहेका छन् ।

बैकल्पिक बाटो नहुँदा पहिरा यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन् । बाटो खुल्न समय लाग्ने भएपछि यात्रुहरु अन्यौलमा छन् ।