कैलालीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जना मृत्यु

दियोपोस्ट संवाददाता

कैलालीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई किशोरको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका– १२ का १९ वर्षीय गणेश कुँवर र सोही ठाउँका १८ वर्षीय अनिस सिंहको मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजकुमार सिंहका अनुसार दुबै जनाको उपचारका क्रममा गए राति नै मृत्यु भएको हो। कैलाली उपमहानगरपालिका –७ स्थित सडक खण्डमा रोकिराखेको सु.प्र.०१–००१ क १६५३ नम्बरको ट्रकमा सु. ५ प ३४१४ नम्बरको मोटरसाइकल पछाडि ठोक्किएको थियो ।

घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।