मानव अधिकार आयोग दशै बिदामा पनि खुल्ला रहने

दियोपोस्ट संवाददाता

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय दसैँ बिदामा पनि खुल्ला रहने भएकोछ । चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, अपराधका घटना, महँगी र कालोबजारी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै शान्ति-सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन बिदाको समयमा पनि कार्यालय खुल्ला गर्न लागिएको हो ।

आयोगका अनुसार तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि आयोगको कार्यालय खुला रहने छ ।

आयोगले सार्वजनिक बिदाको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उजुरी दर्ता लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न कार्यालय सञ्चालन गर्ने जनाएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता डा.टीकाराम पोखरेलले शान्ति सुरक्षालाई मजबुत बनाउन र सेवा प्रवाह सहज बनाउन सबै सरोकारवालालाई सहयोग गर्न

आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरसहित प्रदेश र शाखा कार्यालयहरू समेत खुला रहने व्यवस्था मिलाइएको प्रवक्ता पोखरेलले बतााए ।

प्रवक्ता पोखरेलले मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन सर्वसाधारणलाई आग्रह समेत गरे ।

।