
बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको यात्रुवाहक ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ। दुर्घटनामा ३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रिडी लगिएको प्रहरीले जनाएको छ। पाल्पा प्रहरीका अनुसार सडकबाट ५० मिटर तल गाडी खसेको थियो ।
गाडीमा १४ जना यात्रु सवार रहेका थिए।