काठमाडौँ, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीका नीजि चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् । शुक्रबार स्वदेश फर्किएलगत्तै प्रेस विज्ञप्ती जारि गर्दै डा. शाहले प्रधानमन्त्री नियमित कामकारवाहीमा फर्कन सक्ने बताएकी हुन् ।
‘उहाँको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘हाल उहाँको अवस्था सामान्य रहेको छ र उहाँले आफ्नो नियमित कामलाइ निरन्तरता दिन सक्नुहुनेछ ।’
१२ बर्षअघि प्रत्यारोपण गरिएको मृगौेलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओली भदौ ५ गते उपचारको लागि सिंगापुर पुगेका थिए । सिंगापुर स्थित नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफोेरेसिस प्रविधिबाट उनको मृगौलाको उपचार गराई १५ दिनपछि प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।