काठमाडौँ, भदौ २० । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा जिप दुर्घटना भएको । सुपानीबाट सदरमुकाम दुनै आउँदै गरेको भे १ ज ९७४ नम्बरको जिप सडकबाट १० मिटर तल खोलामा खसि दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते मध्य २ जना सामान्य उपचारपश्चात घर फर्किएका छन् भने एकजनको उपचार भइरहेको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ का ५४ बर्षीय नरबहादुर रोकायको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।
दिउँसो पौने २ बजेको समयमा सूपानीबाट १० जना यात्रु बोकेर दुनै आउँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रशासन कार्यलय डोल्पाका प्रमुख जिल्ला अधिकारी महेशकुमार केशरीले जानकारी दिएका छन् । जिपका चालक धर्मजित बुढालाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ ।