काठमाडौं,भदौ २७ । ‘आफु पढौं र अरुलाई पढ्न सघाऔ’ भन्ने नाराका साथ शुक्रबारबाट राष्ट्रिय पुस्तक मेला सुरु भएको छ । काठमाडौं प्रज्ञाप्रतिष्ठानमा सुरु भएको मेला दुई दिनसम्म चल्नेछ ।
मेलामा दश हजार नेपालीले पुस्तक किन्ने आयोजक संस्था शिक्षा नेपालले जनाएको छ । नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको शिक्षा नेपालले सन् २०१२ देखि ‘राष्ट्रिय पुुस्तक मेला’ आयोजना गर्दै आएको छ ।
मेलामा सहभागी हुनेले साथमा एउटा किताब ल्याएको हुनुपर्नेछ । साथमा नल्याउनेले मेलामै पनि किताब किनेर कार्यक्रममा सहभागी हुन सकिने आयोजक संस्थाका संस्थापक प्रेमबहादुर बोहोराले बताएका छन् ।