एक्सन नायक निखिल उप्रती लोक दोहोरीको भिडियोमा, बद्री पंगेनीको गितमा यसरी नाचे (भिडियोसहित)

एक्सन नायक निखिल उप्रती लोक दोहोरीको भिडियोमा, बद्री पंगेनीको गितमा यसरी  नाचे (भिडियोसहित)

काठमाडौँ, असोज १० । नेपाली चलचित्र क्षेत्रमा ‘एक्सन नायक’को उपमा पाएका निखिल उप्रेती अचानक लोक दोहोरी गितको म्युजिक भिडियोमा देखिएका छन् । कुनै बेला नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गर्दै आएका निखिलले पछिल्लो समय निकै कम मात्रामा चलचित्रहरुमा अभिनय गरेका छन् ।

बद्री पंगेनी र कला लम्सालको स्वरमा रहेको गित ‘धानको चामल’ मा कला लम्साल र निखिल उप्रतीले अभिनय गरेका हुन् । रमेश बिजिको शब्दमा तिलक ओलीले संगित भरेका हुन् । भिडियोको कोरियोग्राफर तथा निर्देशक शिव बि.क हुन् ।

पाँच दिनअगाडी युट्यूवबाट सार्वजनिक भएको भिडियोले हालसम्म करिब साढे ४ लाख दर्शक पाइसकेको छ । निखिल उप्रतीको कारण पनि भिडियोले चर्चा पाएको हो । गीत र भिडियोले दर्शकहरुबाट पनि निकै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ ।

भिडियो हेर्नुहोस्

Trending News