
काठमाडौं,असोज १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान विकृतिको अन्त्य हुनेगरी सामाजिक संघ, संस्थाहरुको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
वरिष्ठ नेता नेपालले नेपालमा अझै पनि महिला हिंसा, बाल विवाह, जातीय छुवाछुतजस्ता सामाजिक विकृति र विसंगति कायमै रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सामाजिक संस्थाहरुको स्थापना गरी अघि बढनुपर्नेमा जोड दिए । नेपालको हरेक परिवर्तनमा दलित समुदायले पु¥याएको योगदानको चर्चा गरे ।

विजया दशमी, तिहार, नेपाल संवत्, छठ पर्वको उपलक्ष्यमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक तथा सामाजिक सद्भावका लागि शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले नेपालको लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि दलित समुदायले पु¥याएको योगदानको उच्च सम्मान गर्नुपर्ने बताए ।
सामाजिक विकृतिविरुद्ध जनचेतना फैल्याउने तथा त्यसको अन्त्यका लागि सरकारलाई खबरदारी गरिरहन पनि सामाजिक संस्थाहरुको स्थापनाको जरुरी रहेको नेता नेपालको भनाई थियो ।
दलित समुदायका हुने जातीय भेदभाव तथा छुवाछूत अत्यका लागि छुवाछूतसम्वन्धी घटनाको वितरण तायर गर्ने, अनुगमन र अनुसन्धान गर्दै निरन्तरण पिक्षा गर्न समिति गठन गर्नसमेत आग्रह गरे । नेपालले आफ्नो पालामा सुरु भएको जनता आवास कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयन गर्न पत्रकारको नै महत्वपूर्ण भूमिका हुने बताए ।

उनले दलित समुदाय अझै पनि आर्थिक, सामाजिक राजनीतिक रुपमा पछाडि परेको भन्दै सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायबीच एकता आवश्यक रहेको बताए । उनले महिला हिंसा, बलात्कार, अपाङ्गता भएका व्यक्ति, अत्याचार, जाइजो प्रथा, बाल विवाह, जातीय भेदभाव, भष्टारका विरुद्धमा संघले आवास उठाउने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा सांसद हृदयश त्रिपाठीले समता मूलक समाज निर्माणका लागि व्यवहारिक रुपमै राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभमागिता हुनुपर्नेमा जोड दिए । उनले समाज परिवर्तनका लागि संघले महत्वपूर्ण खेल्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संघले मूलको धारको पत्रकारीताको नेतृत्व गर्नुपर्नेमा जोड दिए । उनले महासंघले दलित समुदायका पत्रकारहरु एक भएको सुन्दा खुसी लागेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी परियार, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषी धमला, नेपाल टेलिभिजनकी निमित्त महाप्रवन्धक आरती चटौत, लगायतले संघ स्थापना भएकोमा शुभकामना व्यक्त गरे ।
संघका अध्यक्ष तथा संविधान सभाका सदस्य विनोद पहाडीले नेपालको दलित आन्दोलनलाई थप उचाईमा पु¥याउने उद्देश्यले पनि संघको स्थापना गरिएको बताए । चियापानमा विभिन्न राजनीतिक दलका नेता, सांसद, वुद्धिजीजि लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि २०७६ साल जेठ १८ मा संघको स्थापना भएको थियो भने विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा असोज २ गते मात्रै दर्ता सम्पन्न भएको छ ।