काठमाडौं । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते छन् ।
मकवानपुरका एसपी वामदेव गौतमका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिँदै छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो ।
नारायणगढबाट पथलैयातर्फ आउँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस खोलामा झरेको थियो । बसमा ३५ देखि ४० जना यात्रु रहेको प्रहरीले बताएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो ।