धादिङ । गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष एवम् पर्यटन व्यवसायी रनकेश गुरुङको निधन भएको छ ।
पारिवारीक स्रोतका अनुसार बिर अस्पतालमा उपचारको क्रममा शुक्रबार विहान उनको अल्पआयुमै निघन भएको हो ।
काठमाडौं ट्रेकका प्रमुख समेत रहेको गुरुङ केहि दिन यता कलेजो र मृगौंलाको उपचारत थिए ।