मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ मा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागमती गाउँपालिका–८ का ५८ वर्षीय रामबहादुर गोले रहेको प्रहरीले जनाएको छ ।
बागमती–५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नम्बरको अटो रिक्सालाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–१००१ क ४१३ नम्बरले ठक्कर दिएको थियो ।
अटो रिक्सामा बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेका थिए । दुर्घटनमा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन् ।
घाइतेहरूको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।