१६ वर्षीया किशोरी बलात्कारको अभियोगमा ५४ वर्षीय पुरुष पक्राउ

दियो पोस्ट  

काठमाडौँ । झापामा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा मेचीनगर नगरपालिका टि गार्डेनको गार्डको रुपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसाद पौडेल रहेका छन् ।

उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर बलात्कार गरेको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस