कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको छ ।

कांग्रेसले सोमबार (आज) बिहान साढे १० बजे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम थियो । संकल्प पत्र पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।

तर, संकल्प पत्र सार्वजनिक कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर