५५० उम्मेदवारको नाम समानुपातिक बन्दसूचीबाट हटाउने आयोगको निर्णय

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा रहेका ५५० जनाको नाम हटाउने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्चको विवरण पेस नगरेपछि जरिवानामा परेका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय आयोगले गरेको हो ।

त्यस्तै दाबीविरोधको आधारमा थप दुई जना गरी कुल ५५० उम्मेदवारको नाम बन्दसूचीबाट हटाउने निर्णय आयोगले गरेको हो ।

बन्दसूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नाम कात्तिक ९ गते ९भोलि० सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ । त्यसअघि नै ती उम्मेदवारहरूको उम्मेदवारी खारेज गरेको हो ।

गत असोज २ र ३ गते दलहरूले बन्दसूची पेस गरेका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ २४०३ र प्रदेशससभाको समानुपातिकतर्फ ४ हजार ५३ गरी ६ हजार ४ सय ५६ जना बन्दसूचीमा थिए ।