काठमाडौँ । निर्वाचन आयोगले प्युठानका नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले बालबालिकाको प्रयोग गरी चुनावी गीत गाउन लगाएको भन्दै स्पष्टीकरण सोधेको हो ।
यस्तै, प्रतिनिधिसभा धनुषा क्षेत्र नं ३ का नेकपा एमालेकी उम्मेदवार जुली महतोलाई पनि स्पष्टीकरण सोधेको छ ।
महतो आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचार संहिताविपरीत प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।