सडकमा १० दिन पनि टिकेन तीन करोडको रातो रंग

दियो पोस्ट  

काठमाडौंं । संविधान दिवसको अवसर पारेर तामझामका साथ काठमाडौं रत्नपार्क देखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा ल्याइएको दु्त बस सेवाका लागि सडकमा रातो रंग लगाउन र संकेत मात्रै सरकारी कोषबाट करिब तीन करोड १० लाख खर्च हुने भएको छ ।

रत्नपार्कदेखि सूर्यविनायकसम्म रंग लगाएको र संकेत लेखिएको बिल भुक्तानी गर्न भौतिका पूर्वधार मन्त्रालय मातहातको सडक विभागको कार्यालयमा फाइल पुगेको छ । यस रुटमा रंग लगाउन र संकेत लेख्न चारवटा कम्पनीलाई जिम्मा दिइएको छ । कम्पनीले त्यसको बिल सडब विभागलाई बुझाएका छन् । यद्यफि,अझै बिल भुक्तानी भइसनकेको विभागका कर्मचारी बताउँछन् ।

तीन करोड १० लाख रुपैयाँ खर्च गरेर लगाएको रंग १० दिनमै ठाउँठाउँमा उकिएको विभागकै इञ्जिनियरहरु स्वीकार गर्छन् । द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेनको संकेत गर्न रातो रंग लगाइएको हो । रातो रंग संकेत लेख्ने काम रत्नपार्कदेखि जडिबुटी सम्म काठमाडौंको सडक डिभिजन कार्यालय र जडीबुटीदेखि सूर्यविनायसम्म, सुर्यविनायक, धुलिखेल सिन्धुली–बर्दिवास सडक डिभिजन कार्यालयका अनुसार रत्नपार्कदेखि जडिबुटीसम्म रातो रंग लगाउने के एएम कन्स्ट्रक्सन तथा अनिता बिजनेस हाउस पुतलिसडकलाई जिम्मा दिइएको थियो ।

यसैगरी काठमाडौंको जडिबुटीदेखि भक्तपुरको सूर्यविनायकसम्म नयाँ युग प्रालिले रंग लगाएको हो । जडिबुटीदेखि सूर्यविनायकसम्म साइन पोष्ट र साइबोर्ड बनाउने काम पनि सोही कम्पनीलाई जिम्मा दिइएको थियो भने सूर्यविनायक, धुलिखेल सिन्धुली बद्रीबास सडक आयोजनका सिनियर सिन्धुली बद्रीबास सडक आयोजनका सिनियर डिभिजन इञ्जिनियर (सिडिइ) नारायण लामिछानेले जनाए ।

सडक विभाग काठमाडौंका इञ्जनियर हरिकुमार ठकुरीका अनुसार रत्नपार्क देखि जडिबुटीसम्म रंग लगाउन, पेन्टिङ गर्न तथा साइबोर्ड राख्न् भ्याट सहित १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । यसैगरी, जडिबुटीदेखि सूर्यविनायसम्मको रुटमा यी काम गर्न एक करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सिडिइ लामिछानेले जनाए । सडक विभागको बुझाइको बिल अझै भुक्तानी भइनसेको भन्दै ठाकुरले भने, ‘ठाउँठाउँमा रंग उकिएको सही हो । तर, उकिएको ठाउँमा नबनाएसम्म हामीले भुक्तानी गर्दैैनौं । अहिले सच्याउने काम सुरु भइसकेको छ ।’ निकै हतार हतारमा काम गर्नुपर्ने भएकाले यसअघि गरेका काम अनुभवका आधारमा तीनवटा कम्पनी छान्नुपरेको उनले बताए । यस्तो भनाई सुर्यविनायक, धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाका सिडिइ लाभिछानेको छ ।

भदौ दोस्रो साता काठमाडौं कुनै ठाउँमा द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री कार्यालयतहबाट गरिएको थियो । त्यसपछि यसको जिम्मा भौतिक पूर्वधार मन्त्रालयलाई दिइयो । भदौ तस्रो साता मन्त्रीस्तरीय निर्णयबाट रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरियो । त्यसभन्दा पहिले काठमाडौंका दुई तीनवटा सम्भावित रुट अध्ययन गरिएको थियो । अध्ययनबाट सबै उपयुक्त रुट रत्नपार्क देखि सूर्यविनायक सम्मको रुट देखिएको थियो ।

हतार हतारमा निर्णय गरी हतारहतारमै रातभर काम गरेर रंग लगाउने र लेख्ने काम सम्पन्न भएको भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीहर बताउँछन् । ‘यो हाम्रो पहिलो अनुभव थियो । यसअघि यसरी सडकमा रातो रंग कहिल्लै लगाएका थिएनौं,’ ठाकुरले भने । द्रुत बस सेवा सञ्चालनको उद्घाटन निकै चर्चा र तामझामका साथ गरिएको थियो । उद्घाटन गर्दा अब देखि रत्नपार्कदेखि सूर्यविनायकसम्मको यात्रामा ४५ मिनेट मात्र समय लाग्ने चर्चा गरिएको थियो । रत्नपार्कदेखि सूर्यविनायसम्म करिब १८ किमि लामो सडक छ । यस रुटमा द्रुत बस सेवा सुरु गरेपछि यता करिब १५ मिनेटको यात्रा छोटो भएको यात्रुहरु बताउछन् । भौतिक पूर्वधार मन्त्रालयले द्रुत बस सेवा सफल बनाउन यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा एउटा समिति नै गठन गरेको छ । उक्त समितिमा ट्राफिक प्रहरीका प्रतिनिधिहरुलाई पनि राखिएको छ ।

विभागका एक कर्मचारी भन्छन्, ‘द्रुत बस सेवाका लागि छुट्याएको बाटोमा अरु बस तथा सवारीसाधन छिर्न नै नदिने हो भने वा यो सेवा प्रभावकारी हुने थियो । तर यो सम्भव छैन । त्यसैले द्रुत बस सेवा चर्चा गरे जस्तो सफल भएन ।’ द्रुत बस सेवा सोचे जस्तो सफल नभए पनि यो सेवा बन्द गर्न नहुने र यसलाई अझै विस्तार गर्दै जानुपर्ने उनको सुझाव छ । ‘यो नेपालका लागि नयाँ प्रयोग हो । यस कामलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने ।

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।