गठबन्धनसँग विद्रोह गरेका शेखर कोइरालाले भने– ‘गठबन्धनलाई कमजोर हुन दिनौँ’

प्रदेशमा कार्की मुख्यमन्त्री नियुक्त भएपछि तीन नेताबीच सहमति

दियो पोस्ट  

काठमाडौं । कोशी प्रदेशको विवादमा सभापति शेरबहादुर देउवा र गठबन्धनसँग विद्रोह गरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार बिहान बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीच गठबन्धन कमजोर हुन नदिने सहमति भएको हो।

बैठकपछि तीनै नेताले हस्ताक्षर गर्दै भनेका छन्, ‘हामी वर्तमान गठबन्धनप्रति दृढ र स्पष्ट छौँ, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ।’

गठबन्धनले कोशी प्रदेशमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कोइराला समूह असन्तुष्ट बनेको थियो। उक्त निर्णयविरूद्ध कोइरालाले कोशीमा ८ जना सांसदसहित एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो।

शनिबार कार्की एमालेका ३९ सहित ४७ सांसद जुटाएर मुख्यमन्त्री नियुक्त भएका छन्। कार्की मुख्यमन्त्री नियुक्त भएपछि तीन नेताबीच उक्त सहमति भएको हो।