झापाको छुट्टाछुट्टै ठाउँबाट जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

झापा । झापाको छुट्टाछुट्टै ठाउँबाट जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मेचिनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवर रहेका छन् । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका–६ घर भई हाल झापा बिर्तामोड नगरपालिका–६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङ परेका छन् । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस