नेप्सेमा उच्च अंकको गिरावट, आठ अर्ब १८ करोडको कारोबार

दियोपोस्ट संवाददाता  

काठमाडौं । पहिलो कारोबार दिन आइतबार पुँजीबजारमा गिरावट आएको छ । आइतबार बजारमापक परिसूचक नेप्से ४७.४४ अंक घटेर २६९७ कायम भएको छ । यद्यपी कारोबार रकम भने बढेको छ ।

गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आइतबार ८ अर्ब १८ करोड मूल्यबराबरको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबार घटेको बजारमा पनि १८ कम्पनीका लगानीकर्ताले भने आर्जन गरेका छन् । तर, २२६ कम्पनीका शेयरधनीले गुमाएका छन् ।

आइतबार १३ वटै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १.०२, विकास बैंक २.४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूहमा १.८६ प्रतिशतको गिरावट आएको छ ।

TATA ADD