काठमाडौं । काठमाडौंको टेकु दोभानमा एक युवतीको शव भेटिएको छ । काभ्रे घई भई हाल काठमाडौंको म्हैपी बस्ने २२ वर्षीया रितु मगर मंगलबबार मृत भेटिएकी हुन् ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेका अनुसार उनको मृत्युको कारण खुलेको छैन ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक घिमिरेले जानकारी दिए ।