शोभा पाठकको जाहेरीबारे बयान दिन महेश बस्नेत ‘साइबर ब्युरो’मा उपस्थित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत साइबर ब्युरो पुगेका छन् । विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेको जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् ।

भोटाहिटी स्थित साइबर ब्युरोमा बस्नेतसंग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उनीविरुद्धको जोहेरी यसअघि ब्युरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो ।

बस्नेतले फेसबुकमा पीडितलाई लक्षित गरेर लेखेको शब्द र फ्यान क्लबमा लेखिएको विषयबारे अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् ।

सो निर्देशनपछि प्रहरीले पक्राउ अनुमति मागेपनि मंगलबार काठमाडौँ जिल्ला अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भनेको थियो ।

बस्नेतविरुद्धको बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयबारे चाहिँ उच्च अदालत पाटनमा परेको रिट विचाराधीन अवस्थामा छ ।