जेन-जी प्रदर्शनका क्रममा माइतीघरबाट दर्जनौँ आन्दोलनकारी पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जेनजीका विभिन्न समूहद्वारा मइतीघरमा गरिएको प्रदर्शनमा दर्जनौँ आन्दोलनकारी पक्राउ परेका छन् । बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

हालसम्म पक्राउ पर्नेको सङ्ख्या १८ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा डा.निकोलस भुसाल र नक्कली जेनजी बनेर मालपोत भंन्सार लागायतमा गृहमन्त्री ओम प्रकाश अर्यालसंग भागबण्डा माग्न पुग्ने सञ्जीव दाहाल लगायत छन् ।

प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताए पनि घुसपैठ हुने र हिंसा भड्किन सक्ने भन्दै प्रशासनले आन्दोलन गर्न रोक लगाएको थियो ।