प्रचण्डको जोड देशको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता रक्षाका लागि साझा छलफल आवश्यक छ : प्रचण्ड

दियोपोस्ट संवाददाता  

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासकै ठुलो वैदेशिक दबाब र हस्तक्षेपको महसुस गरिरहेको बताएका छन् ।

काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले अहिले देश अप्ठ्यारो अवस्थामा रहेको बताए ।

उनले भने, ‘सबै राजनीतिक दल नागरिक समाज, प्रेस जगत् सबै हिजो राजनीतिक परिवर्तनको निम्ति एक भएर आवाज उठाएका थियौँ । त्यसबाट संविधान सभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रक्रियामा हामी आएका थियौँ ।’

उनले आज फेरि गम्भीर विचार विमर्शसहित देशको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको रक्षाको लागि एक हुनुपर्ने आवश्यकता उत्पन्न भएको बताए । विगतको समीक्षा र आगामी बाटोको विषयमा बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा प्रचण्डको जोड थियो ।