
एमाले सचिवालय बैठक भक्तपुर, २४ असोजः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवासमा बसेको एमाले केन्द्रीय सचिवालय बैठक । तस्बिरः रमेश गिरी÷रासस
काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थीत निवासमा जारी छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेन(जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डा तय हुने एमालेले जनाएको छ ।
एमालेले असोज २७ गते देखि गर्ने भनिएको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मलाई सारेको छ । तयारी नपुगेका कारण बैठक दुई दिन पर सारिएको नेताहरूले जनाएका छन् ।