राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ४ बजे सर्वदलीय बैठक आह्वान

दियोपोस्ट संवाददाता  

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै शुक्रबार दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् ।

सरकारले फागुन २१ गते चुनावको मिति तोकेर चुनावको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

चुनावको कार्यतालिका सार्वजनिक भएपनि सरकार र दलहरूको संवाद हुन सकिरहेको थिएन् । बिहीबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच छलफल भएको थियो ।

उक्त छलफलपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् ।