काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा जलाईएको भरतपुरका मेयर रेनु दाहालको घरमा लुटपाट र चोरीको क्रम अझै रोकिएको छैन। गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा जलाइएको दाहालको घरमा लुटपाट र चोरी भएको छ । शनिवार दिउँसो भरतपुर शिवनगर स्थित मेयर दाहालको घरमा चोरी पूनः चोरी र लुटपाट भएको हो ।
प्रहरीले चोरी र लुटपाटमा संलग्न २ जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर ७ अशोकटोल घर भएका नवराज सुवेदीका १६ वर्षीय छोरा मनिष सुवेदि र सोही वडाकोविशालचोक निवासी बुद्धिराज बरालका १७ वर्षीय छोरा सक्षम बराल रहेका छन् ।
चोरी तथा लुटपाटमा संलग्न दुबै जनालाई स्थानियले पक्राउ गरि ईलाका प्रहरी कार्यालय गीतानगरमा बुझाएका छन् । चोरीमा संलग्नबाट ना ५ प ३७९० नम्बरको एभेन्जर मोटरसाईकल बरामद गरिएको छ।
चोरहरुले मेयर दाहालको घरको माथिल्लो तल्लामा रहेका कम क्षति भएका सामान चोरेको बताइएको छ । ईलाका प्रहरी कार्यालय गीतानगरका अनुसार दुबै जना अभियुक्तलाई अनुसन्धानका लागि थुनामा राखिएको छ ।