बालेन र सुदनलाई २४ घण्टाभित्र पक्राउको माग गर्दै नेविसंघद्वारा प्रहरीमा उजुरी

दियोपोस्ट संवाददाता  

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङलाई २४ घण्टा भित्र पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी उजुरी दर्ता भएको छ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले पक्राउ गरि छानविन गर्नु पर्ने भन्दै उनीहरु बिरुद्ध उजुरी दर्ता गरेका हुन् ।

नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएका छन् । उनीहरुले जेनजी आन्दोलन हिंसात्मक बनाउन सहयोग गरेको भन्दै बालेन र सुदनमाथि अनुसन्धानको माग गरेका छुन् ।

विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा बालेन र सुदनमाथि छानविन हुनु पर्ने उनीहरुको माग छ ।

बालेन र सुदनलाई २४ घण्टाभित्र पक्राउ गरी अनुसन्धान गर्नु पर्ने उनीहरुको माग छ ।