
रौतहट । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । सोमबार बिहान घाँस लिन गएका राजदेवी नगरपालिका-८ कि १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको सोमबार मृत्यु भएको हो ।
बाढीको पानीमा डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको प्रहरीको भनाई छ ।
तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।