महराले सेवन गर्छन् ‘आठ’ प्रकारका औषधि, नियमित उपचार गर्नु पर्ने डाक्टरको सल्लाह

दियोपोस्ट संवाददाता  

काठमाडौं । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन काण्डमा दोस्रो पटक आइतबार पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको स्वास्थ्य अवस्थाप्रति पुनः चासो बढेको छ। बिभिन्न आठ प्रकारका औषधी सेवन गर्दै आएका महरा पक्राउ परेसंगै उनको स्वस्थ्य अवस्थाका बारेमा चासो बढेको हो ।

यसअघि २०८० चैत ५ मा रुपन्देहीबाट पक्राउ महराको स्वस्थ्य अवस्थाका कारण चार दिनपछि हाजिर जमानीमा रिहा भएका थिए । उनले अदालतमा विभिन्न आठ प्रकारका औषधि सेवन गर्दै आएको बताएका थिए ।

महराले घाँटीको टिबी, मस्तिष्कको नसा सम्बन्धी समस्या र प्रोस्टेटसम्बन्धी रोगका लागि ८ किसिमका औषधी सेवन गर्दै आएको बताएका थिए ।

महराले अहिलेसम्म पनि ति औषधी सेवन गर्दै आइरहेको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार महराले स्वास्थ्य समस्याका कारण नियमित उपचार गराइरहेको र चिकित्सकको सल्लाहअनुसार औषधी प्रयोग गरिरहेको छन्।

महराकोे स्वास्थ्य अवस्था हेरि थुनामा राख्ने या हाजिरी जमानीमा छाड्ने भन्ने निर्णय भइनसकेको अदालत स्रोतले जनायो ।