काठमाडौँ । गाजा युद्धमा हमासले २०२३ अक्टोबर ७ मा अपहरण गरेका २० जना इजरायली बन्धकलाई रिहा गरेको छ । सोमबार हमासले अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत् ती बन्धकहरूलाई इजरायली सुरक्षाबलको जिम्मा लगाएको इजरायली स्रोतले जनाएको छ ।
बन्धकहरूको रिहाइ मानविय दृष्टिकोणका आधारमा गरिएको हमासले जनाएको छ । तर, इजरायलले भने यो कदमलाई अन्तर्राष्ट्रिय दबाबपछि आएको प्रतिक्रिया भनेर टिप्पणी गरेको छ ।
इजरायली सेनाले बन्धकहरूलाई सुरक्षित रूपमा प्राप्त गरिसकेको र उनीहरूको स्वास्थ्य परीक्षण तथा मानसिक सहयोगका लागि आवश्यक व्यवस्था गरिएको जनाएको छ ।
रिहा भएका मध्ये केही बालबालिका र वृद्धहरू पनि रहेको बताइएको छ । यो घटना गाजा युद्धको एक वर्षपछिको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आकस्मिक हमला गर्दै सयौँ नागरिक र सैनिकलाई अपहरण गरेको थियो, जसपछि दुवै देशबीच भीषण द्वन्द्व सुरु भएको थियो ।
यस रिहाइपछि अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षबीच मानवीय संवादको मार्ग खुल्ने अपेक्षा व्यक्त गरेको छ ।
हमासद्वारा अपहरणमा परेका २० जना बन्धक रिहा, रेडक्रसमार्फत् इजरायली सेनालाई हस्तान्तरण

हमासले युद्धविराम र बन्धक रिहाइ सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । तर यसका लागि इजरायल पनि सम्झौतामा उसले सहमति जनाएको कुरामा अडिग रहनुपर्ने हमासले भनेको छ ।
गाजापट्टीमा युद्ध अन्त्य गर्ने राष्ट्रपति ट्रम्पको योजना कार्यान्वयन गर्ने पहिलो चरणको भागको रूपमा २० जीवित बन्धकहरूलाई रिहा गरिरहेको कुरा हमासले पुनः दोहोर्याएको छ ।