पूर्वसभामुख कृष्णबहादुर महराबिरुद्ध ‘साडे ८ करोड’ बढी बिगो दाबीसहित मुद्धा दर्ता

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ। अदालतले उनीसंग करिब साडे आठ करोड बढी बिगो माग दाबीसहित मुद्धा दायर गरेको हो ।

अदालतमा दर्ता भएको मुद्धामा महराले आफ्नो पदको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ। उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।