काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा बिभिन्न व्यक्ति र समुहले रिट दायर गरेका छन् । सर्वोच्चमा अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले पेश भएका केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको बताए । केहीमा प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठेको उनको भनाई छ ।
गत आइतबारको पूर्ण बैठकले रिट निवेदन दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम जारी रहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
गत भदौको जेन–जी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो ।
गत भदौ २३ र २४ गते जेनजी युवा प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संसद विघटन भएको थियो ।