काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनी पत्नी पूर्व मन्त्री आरजु राणा देउवा सार्वजनिक भएका छन् । देउवा दम्पत्ति पार्टी कार्यालय सानेपामा आयोजित केन्द्रिय समिति बैठकमा मंगलबार सार्वजिनक भएका हुन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीको कुटाईबाट घाइते भएर उपचार गराइरहेका उनीहरु अस्पतालबाट डिस्चार्ज भएपछि पनि कुनै औपचारिक कार्यक्रममा सहभागी भएका थिएनन् ।
मंगलबार भने उनीहरु पार्टीको केद्रिय समिति बैठकमा सहभागी भए । पार्टी बैठकमा केन्द्रिय कार्यालय पुगेका उनीहरुलाई पार्टीका नेताहरूले स्वागत गरेका थिए ।
पार्टी कार्यालयमा कार्यकर्ताले स्वागत गर्दा देउवा गंभिर मुद्रामा देखिएका थिए भने आरजु हंसिलो मुद्रामा प्रस्तुत भएकी थिइन् ।