
oppo_2
काठमाडौँ । मधेस प्रदेशमा ५ दलीय गठबन्धन सरकार बन्ने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो ।
नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र लोसपाको संयुक्त गठबन्धन सरकार बनेसँगै मधेसमा कांग्रेस-एमाले सरकार बाहिर हुने भएक छन् ।
यी ५ दलका ५६ जना सांसदको हस्ताक्षर लिएर जितेन्द्र सोनलले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताइएको छ । मधेश प्रदेश प्रमुखले आज अपराह्न ४ बजेसम्म बहुमतको सरकार गठनका लागि समय दिएका थिए ।
मधेसमा नयाँ सरकार गठबन्धका लागि ५४ सांसद आवश्यक पर्छ ।