चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जना कामदारको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । चितवनस्थित रत्ननगर-१२ शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जना कामदारको मृत्यु भएको छ। बुधबार बिहान १० बजेतिर पर्खालमा पुरिएका ५ जना कामदारमध्ये ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवन खैरहनी-२ बस्ने ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई हाल रत्ननगर-१२ बस्ने ५४ वर्षका रेशम दमाई, चितवनको रत्ननगर-१२ बस्ने अन्दाजी ४५ वर्षका कमल गुरुङको मत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

पर्खाल भत्किँदा घाइते भएका दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।