काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको भन्दै उनले पार्टी छाडेका हुन् ।
उनले पार्टी परित्यागको घोषणा गर्दै आफूलाई माओवादी केन्द्रको नेता तथा पार्टीको कुनै पनि संगठनमा नरहेको बताए । उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघि केन्द्रिय सचिव थिए ।