
काठमाडौं । बर्तमान सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा बिभिन्न देशमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय गरि राजदुत फिर्ता बोलाउने तयारी भएको हो ।
सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल र रुसका लागि जंगबहादुर चौहान छन् ।
यसैगरी मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाललाई पनि सरकारले फिर्ता बोलाउन लागेको हो । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ ।