झापाको सिस्नेखोलामा डुबेर तीन बालिकाको मृत्यु

दियोपोस्ट संवाददाता  

झापा । झापाको गौरादह नगरपालिका ९ स्थित सिस्नेखोलामा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय निर्मला परियारकी ११ वर्षीया छोरी रोशनी परियार, अञ्जु मगरका दुई छोरीहरु सात वर्षीया सुष्मा र नौ वर्षीया स्वीकृति मगर छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।