सरकारले फिर्ता बोलायो ११ देशका राजदूत, कात्तिक २० भित्र नेपाल फर्कन आग्रह

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सरकारले ११ देशका राजदूत फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली सरकारको पालामा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको बताए।

फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० भित्र नेपाल फर्कन भनिएको संचारमन्त्री खरेलले जानकारी दिए । सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा.शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल र रुसका लागि जंगबहादुर चौहान छन् ।

यसैगरी मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाललाई पनि सरकारले फिर्ता बोलाउन लागेको हो ।