समयमै निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तण गर्ने बताएकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा प्रधानमनत्री कार्कीले हालैको ‘जेन–जी’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिइन् ।

कार्यक्रममा सहभागी वक्ताहरूले आन्दोलनलाई नेपालको लोकतान्त्रिक यात्रामा एक ऐतिहासिक मोडको रूपमा व्याख्या गरे । उनीहरुले नयाँ संविधानपछि भएका सीमित उपलब्धिलाई आत्म मूल्याङ्कन गर्दै जनताको वैध आकाङ्क्षाहरूलाई अब पछाडि पार्न नसकिने स्पष्ट पारे ।

कार्यक्रममा सरकार, कूटनीतिक नियोग, र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

उनीहरूले नेपालमा चलिरहेको राजनीतिक सचेतनाको लहरलाई स्वागत गर्दै यसलाई लोकतान्त्रिक अभ्यासको सुदृढीकरणका लागि अवसरको रूपमा लिएका छन।