काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने घोषणा गरेका छन्। बुधबारदेखि जारी पार्टी केन्द्रीय समिति बैठकको समापन गर्दै अध्यक्ष ओलीले आफूले बहन गरेको जिम्मेवारी पूरा नगरी पद छोड्ने स्पष्ट पारेका हुन्।
ओलीले भने, “मसँग पार्टीले दिएको जिम्मेवारी छ, त्यो पूरा नगरी राजीनामा दिने कुरा हुँदैन।” उनले पार्टीलाई सुदृढ पार्ने र आगामी राजनीतिक योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
त्यसै अवसरमा अध्यक्ष ओलीले आगामी २१ फागुनमा हुने निर्वाचनमा एमाले सहभागी नहुने प्रष्ट पारेका छन्। उनले नेतृत्वको हस्तान्तरणका विषयमा भने उचित समय र परिस्थिति अनुसार निर्णय हुने बताए।
तर, ओलीको उक्त घोषणाप्रति उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले फरक मत राख्दै प्रतिवाद गरेका छन्। उनीहरूले ओलीको निर्णयप्रति असहमति जनाएपछि केही समय बैठक हलमा हल्लाखल्ला समेत भएको स्रोतले जनाएको छ।
बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण र आगामी निर्वाचन तयारीका विषयमा पनि विस्तृत छलफल भएको थियो।