सप्तरीमा ‘अज्ञात’ समुहद्वारा पुजारीको गोली हानी हत्या

दियोपोस्ट संवाददाता

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी ७३ वर्षीय पुजारी रामदुलारको हत्या भएको छ । अज्ञात समूहले आज बिहान २ बजे गोली प्रहार गरि साहको हत्या गरेका हुन् ।

मन्दिरमा कुटी बनाएर एक्लै बस्दै आएका पुजारी साहलाई अज्ञात समुहले मन्दिर नजिकैको सडकमा लगेर पिठ्युँमा गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार मतक साहको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनापछि सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि जाँच तीव्र बनाइएको उनले बताए ।

घटनास्थलमा गोलीका दुईवटा खोका फेलापरेको प्रहरीको भनाई छ ।