क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्यले दिए राजीनामा, सीपी गजुरेल नयाँ महासचिवमा नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले महासचिव पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै वैद्यले पदबाट राजीनामा दिएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । बैठकले वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ । यस्तै बैठकले स्थायी समिति सदस्यमा परी थापा र सिताराम तामाङलाई नियुक्त गरेको छ ।

वैद्य लामो समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक पटक अस्पताल भर्ना भएका थिए ।