वीरगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । वीरगञ्ज महानगरपालिका, वडा नं.१ छपकैयाका १७ वर्षीय पियुसकुमार साहको करेन्ट लागेर मृत्यु भएको छ । घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्‍याइएको थियो। तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ।

मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ।

सिफारिस