काठमाडौं । इजरायल र हमासबीच युद्धविरामा मारिएका कञ्चनपरका विपिन जोशीको शव सोमबार नेपाल ल्याउन लागिएको छ । फ्लाई दुबईको विमानमार्फत् उनको शव काठमाडौं ल्याउन लागिएको हो ।
सो विमान सोमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । विपिनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि उनको शव नेपाल पठाउन लागिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए । हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा विपिन बन्धक बनाइएका थिए ।